• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानको खलंगामा ‘अम्ब्रेला स्ट्रीट’ निर्माण




सुरज पुन मगर

प्यूठान । जिल्ला सदरमुकाम खलंगामा ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको छ । खलंगाको पाटी चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म रंगिन छाता, गमला सहितको ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको अन्तर खलंगा आवासीय समाज प्युठानको अध्यक्ष भुप बहादुर पुनले जानकारी दिनुभएको छ ।

अन्तर खलंगा आवासीय समाज प्यूठानको आयोजना, मल्लरानी गाउँपालिका प्यूठानको समन्वय र खलंगा सरोकार समुह प्यूठानको सहकार्यमा खलंगालाई शिक्षा, स्वास्थ्य र पयर्टकीय स्थलको रुपमा विकास गरौ भन्ने मुल नारा सहित खलंगामा अम्ब्रेला स्टिट्र निर्माण गरिएको आयोजकले बताएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सुर्य थापाले खलंगाको पर्यटन प्रवर्द्धनका लागि यो शुरूवात मात्र भएको भन्दै यसलाई अरु पर्यटकीय गतिविधिसंग जोड्न आग्रह गर्नुभयो । पर्यटकीय गन्तब्य बन्दीपुर जस्तै प्युठान सदरमुकाम खलंगालाई बिकास गर्न सकिने उहाँको भनाई छ । स्थानीयले थालेको यो अभियानलाई ब्यापक बनाउन वडा, गाउँपालिकाले बृहत छलफल गरेर काम गर्नुपर्ने प्रमुख अतिथि थापाको सुझाव छ ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले सुनसान बन्दै गएको सदरमुकामलाई पर्यटन मार्फत बिकास गर्न पालिकाले ध्यान दिएको बताउनुभयो । उहाँले पर्यटकीय स्थल मल्लरानी, झाकृस्थान लगायत क्षेत्रसंग सदरमुकामलाई जोडेर बिकास गर्ने योजना रहेको बताउनुभयो।

बडा दशै, नेपाल सम्बत, शुभ दिपावली तथा छठ २०८० को अवसरमा सदरमुकाम खलंगा र समग्र मल्लरानीको पर्यटकीय प्रवर्द्धन र मल्लरानी गाउँपालिकाको ग्रिनसिटि खलंगा अवधारणालाई टेवा पुऱ्याउने उद्देश्य सहित असोज २८ गतेदेखि मंसिर १० गतेसम्म खलंगा पाटीचोकमा कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा छाता, गमला, ध्वजापताका लगायतका सामग्रीहरुले रङ्गाउने कार्यक्रम रहेको छ ।’अम्ब्रेला स्ट्रीट’ निर्माण भएपछि सेल्फी र टिकटक बनाउनेको घुइँचो हुन थालेको छ।

Facebook Comments