• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही – १३ मा राजमोको वडा कमिटी गठन




दिनेस रैदास

घोराही । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा वडा समिति गठन भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा भएको भेलाले वडा समिति गठन गरेको हो ।

राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ भन्ने मुल नाराका साथ नेकपा हिरक जयन्तीका सन्दर्भमा संचालित संगठन निर्माण अभियानको सिलसिलामा उक्त वडा समिती बनेको हो ।

समितिको अध्यक्षमा कमल पन्थी , उपाध्यक्ष पुस्पा बस्नेत, सचिब शुद्धबहादुर बाठा मगर , सह सचिब कल्पना बस्नेत , कोषाध्यक्ष सीता खनाल , सदस्यहरुमा आशिष् बिस्वकर्मा , बिरबहादुर लिम्बू , जोखबहादुर डागी , दर्सना वली सहित दुई स्थान रिक्त राखी ११ सदस्यीय समिती गठन भएको हो ।

भेलामा जिल्ला अध्यक्ष आचार्यले पार्टी र देशको राजनीतिको विषयमा प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियोे भने जेष्ठ सदस्य बुद्धिराम खडका र वडा अध्यक्ष कमल पन्थीले समसामयिक विषयमा आ-आफ्नो बिचार र धारणाहरु राख्नु भएको थियोे ।

Facebook Comments