• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कस्तो रहला आजको मौसम ?




नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

 

Facebook Comments