• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानको भेरी नदीमा फेला परेको शवको पहिचान खुल्यो




नबिन पिएम
सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा न.- १ सल्लीबजार नजिकै सिङ्गारी खान्न भन्ने स्थानको भेरी नदी किनारमा तैरिरहेको अवस्थामा बेवारिसे फेला परेको शवको पहिचान खुलेको छ ।

उक्त शव जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न.-४ च्युरा कांराका ३५ बर्षीय कृति बहादुर बिष्टको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। शवको सुर्खेत सिम्ताका मृतकका भिनाजु भिम बहादुर बुढाले सनाखत गरेको बताइएकोछ ।

मृत भेटिएका बिस्ट घरायसी सामान्य विवाद भएपछि गत असोज २२ गते देखी घरदेखि बेपत्ता रहेका थिए । मृतक बीस्टको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाउने तयारी भएको प्रहरीले बताएको छ ।

शनिवार बिहान स्थानीयले नुहाउने क्रममा भेरी किनारमा तैरिरहेको अवस्थामा बेवारिसे देखेपछि प्रहरीलाई खबर गरेका थिए खबर पाएको केही समयपछि इलाका प्रहरी कार्यलय सल्लिबजारबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।

Facebook Comments