नबिन पिएम
सल्यान । सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफै गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका-४ लामाडाँडाका ६ बर्षिय बालक दिक्सन चन्दको मृत्यु भएको हो । शुक्रबार बेलुकी ५ बजेतिर सोही ठाउ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफै गुड्दा देबहाहुरका छोरा दिक्सनको मृत्यु भएको हो ।
उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
ट्रयाक्टर एक्कसी किन गुड्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको बताइएकोछ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

