• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्यमी संघद्वारा नवनिर्वाचित उवासंघको पदाधिकारीलाई बधाई तथा सम्मान




घोराही ।दाङ जिल्ला उद्योग वाणिज्य संघको वसन्त जोशी नेतृत्वको नवनिर्वाचित कार्यसमितीसँग प्रजातान्त्रिक उद्यमी संघ घोराहीले आज एक कार्यक्रम गरि बधाई तथा स्वागत गरेको छ । कार्यक्रममा दाङ उवासंघका नवनिर्वाचित सम्पूर्ण टिमलाई खादा तथा अबिर लगाएर सम्मान गरिएको थियो।

संघका अध्यक्ष काली बहादुर खत्री (मानु)को अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष हुमाकान्त अधिकारीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले सबै एक ढिक्का भएर संस्था र व्यवसायीको हित हुने काम गर्नु पर्ने विषयमा जोड दिएका थिए ।

नवनिर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुले व्यवसायीलाई मर्यादित र व्यवस्थित बनाउदै व्यवसायीरुको हितमा केन्द्रित रहेर काम गर्ने बताएका थिए । संघका उपाध्यक्ष तेज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव श्रीधर धितालले गर्नु भएको थियो ।

Facebook Comments