• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संचार, सूचना तथा प्रविधिको प्रयोग सहज जीवन उपयोगी बन्नुपर्छ : अध्यक्ष पुन




बंगलाचुली । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास)ले संचार , सूचना तथा प्रविधिको विकास सहज जीवन उपयोगी बन्नुुपर्ने बताउनुुभएको छ । स्वच्छ नेपालको आयोजना तथा नेपाल टेलिकमको आर्थिक सहयोगमा संचालित संचार, सूचना तथा प्रविधि विकासमा किशोर–किशोरी तथा युवा–युवतीहरुको पहुँच विषयक एकदिने सचेतना मूलक कार्यक्रमको उद्घाटन गर्दै प्रमुुख अतिथि गाउँपालिका अध्यक्ष पुनले यस्तो बताउनुुभएको हो ।

स्च्वच्छ नेपालकी अध्यक्ष बिन्दु गिरी आचार्यका अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुनले बढ्दो संचार , सूचना प्रविधिको विकासको सही सदुपयोगले दैनिक जीवनलाई सहज बनाउने भएपनि दुुरुपयोग मानव अधिकारीलाई जोखिममा पार्न सक्ने बताउनुुभएको थियो । जसकाले संचार , सूचना तथा प्रविधिको सही प्रयोग नै आजको आवश्यकता रहेको बताउनुुभएको थियो ।

कार्यक्रममा बंगालचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बढ्दो संचार, सूचना तथा प्रविधिको विकाससँगै यसको दुुरुपयोगको जोखिम समेत देखा पर्दै गईरहेको बताउनुुभएको छ । जसका कारण प्रविधिको प्रयोग सजतापूर्वक गर्नुुपर्नेमा उहाँको भनाई रहेको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ वडाध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं. ४ की वडा सदस्य मिना परियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत लुमाकान्त कालाथोकी , रेडियो बंगलाचुली स्टेशन म्यानेजर जीवन नेपाली, कार्यक्रममा प्रशिक्षक नेपाल टेलिकम घोराही शाखाका प्रमुख माधव खनाल, नेपाल पत्रकार महासंघ दा«ङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुुभएको थियो ।

Facebook Comments