केशर सुनार
प्युठान । नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रक्तदान नै जीवनदान रहेको बताउनुभएको छ।बिहिबार एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको भवन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।मन्त्री शर्माले जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सहजीकरण गर्न नेपाल सरकार लागि पर्ने बताउनुभयो। साथै उनले रेडक्रसको भवन निर्माण गर्नको लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई धन्यवाद समेत व्यक्त गर्नुभयो।
प्रदेश सरकार सहित विभिन्न संघसंस्था, स्थानीय तह लगायत अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा ४३ लाख ४८ हजार २ सय ९ रुपैंयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
२०७९ माघ ३० गते भवन निमार्ण सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीले बताउनुभयो। बिजुवार उपशाखामा १९ महिला र १३१ जना पुरुष गरि १ सय ५० जना आजीवन सदस्य रहेको समेत भण्डारीले जनाउनुभयो।साथै कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा,प्यूठान नगरपालिकाका मेयर बिष्णु योगी, नगरपालिकाका निवर्तमान मेयर अर्जुन कुमार कक्षपती, नेपाल रेडक्रस सोसाइटी प्यूठानका जिल्ला सभापति गुमानराज पुलामी, जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनाल,सञ्चारकर्मी लगायतको सहभागीता रहेको सभापती लोकमणी भण्डारीले बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
