• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाणिज्य दर्पण पुस्तक विमाेचन




घोराही । पद्माेदय क्याम्पस बिबिएस / बिएस्सि चौथाे बर्षमा अध्यानरत बिद्यार्थीहरुद्वारा प्रकाशन हुने वाणिज्य दर्पण (अङ्क ५) पुस्तक विमाेचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रेश स्वतन्त्र सेनानी सुशील गौतमको प्रमुख आतिथ्यता एवं क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीकाे बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा करिब ८० जना बिद्यार्थीकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि लगाएत शिक्षकहरूले पुस्तककाे समिक्षा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियाे । कार्यक्रममा उत्कृष्ट दश जनालाई मायाको चिनाेले सम्मान गरिएको थियाे भने उत्कृष्ट बिज्ञापनदाताकाे रुपमा राज गार्मेज्ट एड्स टेलरिङ्ग सेन्टरका सञ्चालक एफ डि भुसाललाई सम्मान पत्र सहित मायाको चिनाेले सम्मान गरिएको हाे ।

पुस्तक प्रकाशन समितिका अध्यक्ष अनिता कवर मगरकाे अध्यक्ष्तामा भएको कार्यक्रमकाे सहजिकरण विष्णु गोराथाेकीले गर्नुभएको थियाे ।

Facebook Comments