• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु




घोराही । दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको भालुबाङमा काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका—४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको मृत्यु रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्ने क्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।

Facebook Comments