घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले वृद्दाश्रममा फलफूल वितरण गरेको छ ।
संगठनले संगठनको केन्द्रीय कार्यक्रम अनुसार आज बुधबार घोराही-१६ तेरौटेमा रहेको वृद्दाश्रममा रहेका वृद्दवृद्दाहरुलाई फलफूल वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य पाटन सीले संगठनको केन्द्रीय योजनाअनुसार आज देशभर वृद्दाश्रममा रहेका आमाबुवाहरुसँग भेटघाट गरिरहेको बताए । आमाबुवाहरुले समाज तथा परिवारप्रति गरेको योगदानबाट समाजले नयाँ कुरा सिकेको भन्दै उनले परिवार र समाजप्रति आमाबुवाले गरेको योगदानले अझै सार्थकता नपाएको कुरामा जोड दिए ।
युवा नेता पाटनले वृद्द, घाइते तथा अशक्तहरुको व्यवस्थापन गर्ने अभिभावक भनेको राज्य भएको उद्घोष गर्दै आज हामीले जिन्दगीभरी गरेको योगदानको कदर गरिदिने र त्यसलाई सुरक्षा गर्ने जिम्मा राज्यको भएको स्पष्ट पारे । देशभर वृद्दाश्रम रहेका आमबुवाहरुसँगको भेटघाटबाट आफूहरुले शिक्षा र ज्ञान हासिल गर्ने भन्दै अध्यक्ष पाटनले अबको संस्कार र संस्कृतिलाई वैज्ञानिक र ब्यबहारिक बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, संगठन पूर्वी दाङका उपाध्यक्ष शिशिर सी लगायतको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

