• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने – २ मा एकीकृत घुम्ती शिविर सम्पन्न




रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

सिस्ने गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर सम्पन्न भएको हो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माको नेतृत्वमा वडा नम्बर २ को नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

एकीकृत घुम्ती शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण,अपांग तथा जेष्ठ नागरिक परिचयपत्र वितरण, टोल बिकास समिती गठन सम्बन्धी अभिमुखिकरण तालिम र कृषकहरुलाई तरकारीको बिउबिजन वितरण गरिएको सिस्ने गाउँपालिका प्रशासन अधिकृत अरुण वलीले जानकारी दिनुभएको ।

वलीका अनुसार ४३ जनाले स्वस्थ्य परिक्षण गराएका छन् जसमा महिला ३३ पुरुष १० जना रहेका छन । त्यस्तै १२ जनालाई अपांगता परिचयपत्र तथा १ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने १२३ जना कृषकहरुलाई रायो साग, गाँजर, मुला, धनिया र केराउको बिउ विजन वितरण गरिनुका साथै टोल बिकास समिती गठन सम्बन्धी अभिमुखिकरण तालिम पनि गराइएको छ ।

सिस्ने गाउँपालिकाको १ र २ नम्बर वडा पालिका केन्द्रबाट केही विकट तथा टाढाको दुरिमा रहेकाले गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभएको छ ।

आइतबार वडा २ बाट सुरु गरिएको शिबिर २३ गते वडा नम्बर १ को पाखापानीमा सन्चालन गरिने सिस्ने गाउँपालिकाले जनाएको छ । शिविरमा गाउँपालिकाबाट सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरु रुकुमपुर्व अस्पतालका मेडिकल अधिकृत पुर्ण पुन र अनिश श्रेष्ठ लगाएतको टोली रहेको छ ।

Facebook Comments