• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला




घोराही।  दाङको तुलसीपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई अहिले दाङको तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्जादी २५ वर्षीय शुसिल भण्डारी र उहाकी अन्दाजी २१ वर्षीय श्रीमती पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आज शनिबार बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठा भित्रै दुबैजना मृत फेला परेका हुन् । श्रीमान पंखामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

अबेरसम्म पनि नउठेपछी घरवेटीले प्रहरीलाई खबर गरेका थिए । उनीहरुबिच केही समय अगाडी मात्रै बिबाह भएको खुल्न आएको प्रहरीले जनाएको छ । पवित्राको माइतीघर सल्यानको शारदा नगरपालिका १२ मा रहेको बताइएको छ । शुसिलले श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार पवित्राको शरिरमा चोट देखिएपनी धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments