• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बझाङ केन्द्रबिन्दु भएर फेरि ५.३ रेक्टरको भूकम्प




बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।

यसअघि शुक्रबार राति बझाङको चैनपुर केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा राति १२ः२३ बजे पुनः चैनपुर केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

असोज १६ गते अपराह्न २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

 

Facebook Comments