• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीले गरे नेपालको इन्जिनियरिङ शिक्षा कमजोर छैन् भन्ने प्रमाणित




काठमाडौं। नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरालाई चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले प्रमाणित गरेका छन् । कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले हासिल गरेको ज्ञान, सीप र कलाले नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा हासिल गर्न सकिन्छ भन्ने देखिएको हो ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्ने उद्देश्यले आयोजित ‘नेक इन्जेनियम २०२३’ प्रदर्शनी तथा प्रतिष्पर्धामा विद्यार्थीहरुले प्रस्तुत गरेका इन्जिनियरिङ सामग्रीहरु कुनैपनि अन्तराष्ट्रिय प्रदर्शनी र प्रतिष्पर्धामा पुग्न सक्ने थिए । प्रदर्शनीमा सिभिल इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स, इलेक्ट्रिकल, सिभिल एण्ड रुरल तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले विषयगत सामग्रीहरु निर्माण गरेका थिए ।

प्रदर्शनीमा राखिएका स्टोरेज हाइड्रोपावर मोडल, एडभान्स भिलेज, स्पेस ट्रस, रोवोटिक्स, आर्ट म्युजिएम पोखरा, स्मार्ट सिटी, आर्क ब्रिज, सस्पेन्सन्स ब्रिज, बिम ब्रिजहरु प्रदर्शनीका आकर्षक थिए । ‘नेपाली विद्यार्थीहरुले यहिँ पढेर यत्तिको सीप र ज्ञान हासिल गर्न सक्दा रहेछन् । इन्जिनियरिङ पढ्न विदेश नै जानुपर्छ भन्ने रहेनछ ।’ प्रदर्शनी अवलोकन गर्न आएका कागेश्वरी मनहरा नगरपालिका–७ का नरेश भट्टले भने ।

बिहीबार कलेजमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थीसँगै बाह्य इन्जिनियरिङ कलेज र कक्षा १२ पास गरेका साइन्स विद्यार्थीहरुले समेत आफुले बनाएका सामग्रीहरु प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा आन्तरिक तथा वाह्य गरी एकसय स्टलमा विद्यार्थीहरुले बनाएका सामग्रीहरु प्रदर्शन गरिएको थियो । नेक इन्जेनियम कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्स लगायतमा प्रतिष्पर्धा गराइएको थियो ।

त्यस्तै, कक्षा १२ का विद्यार्थीहरूको लागि ओपन साइन्स परियोजना प्रतियोगितासमेत राखिएको थियो । सहभागी प्रतियोगीहरुमध्ये सर्वोत्कृष्टलाई ३० हजारसम्मको पुरस्कार दिइएको छ । प्रदर्शनीमा विद्यार्थी, शिक्षक र अभिभावक गरी करिब ५ हजारले अवलोकन गरेका थिए । ‘नेक इन्जिेनियम’ को अवलोकन गर्न राजधानीका केही कलेज, विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको भन्दै संयोजक श्रेष्ठले भने,‘हामीले छोटो समयमा तयारी गरेका भएपनि सहभागीहरुको उल्लेख्य उपस्थिति रह्यो । हाम्रा विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्नका लागि कार्यक्रमले ठूलै सहयोग गरेको छ ।’

प्रदर्शनीको चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले उद्घाटन गर्दै नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ अध्ययन गर्ने राम्रो वातावरण भएको बताए । कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताउँदै अध्यक्ष खत्रीले नेक इन्जेनियमले विद्यार्थीहरुले हासिल गरेको ज्ञान र सीपलाई उजागर गरेको बताए ।

यस्तै, कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरिएको बताउँदै यस्ता प्रतियोगिताहरुबाट विद्यार्थीको आत्मविस्वास पनि बढ्ने बताए । इन्जिनियरिङ अध्ययनका लागि नेकमा उत्कृष्ट वातावरण रहेको जनाउँदै कक्षा १२ पास गर्ने वित्तिकै विदेश नै गएर पढ्छु भन्नु उचित नहुने जिकीर गरे ।

Facebook Comments