• ६ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा अटो दुर्घटना हुँदा चालकसहित ४ जना घाइते




सल्यान । सल्यानको बनगाडमा अटो दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । सल्यान वनगाड कुपिण्डे नगरपालिकाको नाथेखोलाबाट सुनौली हुँदै सल्लीबजार तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह १११५ नम्बरको अटो बुधबार बिहान करिब ११ बजे सल्ली चौरजाहरी सडक खण्ड अन्तर्गत आपखोलि, बयलडाँडी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामा चालिकसहित चार जना घाइते भएका छ्न् । घाइते हुनेमा वनगाड कुपिण्डे नगरपालिका – ३ पोखराका चालक करीब ३६ वार्षिय खल बहादुर बुढा वडा–५ का ५० बर्षिय सिवलाल साहु,वडा न. ५ कै ६१ बर्षिय मुमे साहु , वडा न. ६ का ४७ बर्षिय गृम रोका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

चालक बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । चालक बाहेक घाइते तीन जनालाई स्थानीय सल्लीबजारको मेडिकलमा सामान्य उपचार पछि थप उपचारकोलागी बाकेको नेपालगन्ज तर्फ पठाइएको प्रहरीले बताएको छ ।

Facebook Comments