• ७ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी दाङले गर्‍यो विभिन्न समिति गठन




घोराही । नेकपा एकीकृत समाजवादी दाङको आज घोराहीमा बसेको सचिवालय बैठकले पार्टीले सुरु गरेको मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत दाङमा हुने कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन मूल व्यवस्थापन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भुपबहादुर केसीको संयोजकत्वमा २०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । त्यसैगरि प्रचार प्रसार, आर्थिक, स्वागत, मञ्च व्यवस्थापन, आवास व्यवस्थापन, सांस्कृतिक फाँट र जनपरिचालन समितिमा क्रमशः सूर्य बिसी, गजेन्द्र खड्का, ससमती चौधरी, रामप्रसाद चौधरी, विनोद पुन, हरिकला बाँठा मगर र डिल्लीबहादुर पुनलाई संयोजकको जिम्मेवारी तोकिएको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए ।

‘एकीकृत समाजवादीले सुशासन, रोजगारी र सवृद्धिका लागि जनतामा जागरण पैदा गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरु गरेको छ । यसको औपचारिक कार्यक्रम यही असोज २२ र २३ गते दाङमा हुनेछ ।’ प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए ।
भुप बहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा दाङ इञ्चार्ज जोगबहादुर राना, सह इञ्चार्ज अनारकली मियाँ, प्रेम बक्स मियाँ, गुरुप्रसाद महरा, मुकुन्द बहकरी, ससमती चौधरी, विनोद पुन लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments