घोराही । स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै मन्दिरमा अक्ष्यकोष स्थापनार्थ घोराही उपमहानगरपालिका १ रामपुर भोटेदहमा महायज्ञ लाग्ने भएको छ ।
भोटेदह सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा यही असोज २८ गतेदेखि कार्तिक ६ गतेसम्म श्री सत्चण्डी यज्ञ श्रीमद्भागवत विराट सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो ।
स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं आन्तरिक पर्यटनलाई प्रवद्र्धनका लागि भोटेदह विकास तथा बागेश्वरी मन्दिरमा अक्ष्यकोष स्थापनार्थ उक्त विराट सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको वन समूहका कोषाध्यक्ष पदम प्रसाद पोख्रेलले जानकारी दिनुभयो । महायज्ञमा पण्डित श्री विष्णुप्रसाद गौतमले संगितमय वाताबरणमा प्रवचन तथा कथाहरु बाचन गर्नुहुने छ ।
असोज २८ गते विहान ११ बजे महायज्ञको उद्घाटन भए पश्चात अर्को दिन विहान ६ बजेबाट ८ बजे सम्म दैनिक वेदपाठ सप्तसती चण्डी पाठ, ७ बजेदेखि ८ बजे lसम्म यज्ञमण्डप पूजन एंव हवन तथा भजन र ८ बजेदेखि १० बजेसम्म पूर्वाङग मूलपाठ हुने कार्यतालिका रहेको छ ।
त्यसैगरी, १० बजेदेखि ११ बजेसम्म राष्ट्रिय संगितभ जन एवं गुरु बन्दना, ११ बजेदेखि ४ बजेसम्म संगितमय कथा प्रवचन तथा झाँकी यज्ञ अनुष्ठान र दाता सम्मान, ४ बजे देखि ५ बजे सम्म नैतिक एवं आध्यात्मिक विकासका लागि महत्वपूर्ण शिक्षाप्रद कार्यक्रम र बेलुका ६ बजे देखि ९ बजे सम्म विषेश प्रवचन तथा राष्टिय एवं स्थानीय आध्यात्मिक कलाकारहरुबाट भजनकिर्तन तथा विविध धार्मिक नाटकहरुको अभिनय सँगै झाँकी प्रर्दशन हुने कोषाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
दान गर्नेहरुले ५ सय रुपैयाँ देखि माथी नगद र जमिन समेत प्रदान गर्न सक्ने छन् । महायज्ञबाट संकलित रकमले शिवको मन्दिर निर्माण गर्ने, भोटे दहको विच भागमा पनि मन्दिर निर्माण गर्ने र बागेश्वरी मन्दिरमा जाने गेटमा बाघको मूर्ती बनाएर राख्ने लक्ष्य रहेको महायज्ञ मूल समितिले जनाएको छ ।
मूल समितिले सबै महानुभाबहरुलाई महायज्ञमा सहभागि भई दान गरेर पुण्यकमाउन अपिल गरेको छ । समितिले अहिले महायज्ञ आयोजना स्थलको र आन्तरीक तयारीको काम तिव्रगतिमा भैरहेको मूल समितिका संयोजक शालिकराम पौडेलले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

