• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्रालयले तोकेको क्षेत्रमा काम गर्न सहयोगी निकायलाई स्वास्थ्य मन्त्री खनालको आग्रह




देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा काम गर्ने सहयोगी निकायहरूले मन्त्रालयले निर्धारण गरेको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भएको छ ।

प्रदेशको स्वास्थ्य अबस्था सुधारका लागि प्रदेश सरकारले तय गरेको रोड म्यापमा रहेर मन्त्रालयले भनेको क्षेत्रमा सहयोगी निकायले काम गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका कर्मचारी बिचको छलफलमा मन्त्री खनालले सहयोगी निकायका कार्यक्रम केही जिल्लामा मात्रै केन्द्रित रहेको भन्दै अब मन्त्रालयले भनेको क्षेत्रमा पुर्याउनु पर्ने बताउनु भएको हो । मन्त्री खनालले परिणाम देखिने गरी काम गर्न स्वास्थ्य निर्देशनालयका कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो ।

उहाँले सबैसँग समन्वय गर्ने प्रणाली स्थापित गरेर परिणाम देखिने गरि काम गर्न आबश्यक रहेको बताउनु भएको हो । काम गर्दा आउने समस्या समाधानका लागि आफूले नीतिगतरूपमा सहजिकरण गर्ने भन्दै स्वास्थ्य मन्त्री खनालले मन्त्रालय, निर्देशनालय, आपूर्ती ब्यबस्थापन केन्द्र लगायतका निकायका कर्मचारिहरू बिच पनि समन्वय हुन आबश्यक रहेको बताउनु भयो ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले मन्त्रालय अन्तर्गतका निकायहरू बिच एक आपसमा समन्वय हुन नसकेको देखियकाले त्यसलाई सुधार्न आबश्यक रहेमा जोड दिनुभयो । स्वास्थ्य निर्देशक डा. विनोद गिरीले निर्देशनालयले गरेका कामको बारेमा जानकारि दिनुभएको थियो ।

Facebook Comments