• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा बाघको आक्रमणबाट चार जना घाइते




सल्यान । सल्यानमा बाघको आक्रमणबाट चार जना घाइते भएका छन् । सोमबार विहान बाघले आक्रमण गर्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ का ४ जना व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिका वडानं.३ दोलीका ५२ बर्षिया पुर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको बाघको आक्रमणमा परि सोही ठाउँका ४० बर्षिया राजबहादुर केसी,४० बर्षिया टेकबहादुर थापा,१६ बर्षिया छविलाल केसी र २७ बर्षिया भिमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ।

उहाँका अनुसार बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको र त्यही हेर्ने क्रममा लुकेर बसेको बाघले राजबहादुर केसीलाई आक्रमण गरेको र अन्य तिनजना व्यक्तिलाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो ।

घाइतेहरुलाई थप उपचारका लागि सल्यान अस्पतालमा पुर्याइएको छ भने, बाघको व्यवस्थापनको लागि इलाका वन कार्यालय लुहामको टोली घटना स्थलमा पुगिसकेको र बाके राष्ट्रिय निकुञ्जको टोली त्यस स्थान तर्फ आउदै गरेको प्रहरीको भनाइ छ ।

Facebook Comments