• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पशुपति माविको भवन निर्माणमा लाखौं अनियमितता




अनियमितता भएकै हो : प्रअ चौधरी

हेमन्त प्रकाश ओली 

असोज । तुलसीपुर -१२ स्थित पशुपति मावि हरिपौरीको ४ कोठे भवन निर्माणमा अनियमितता भएको छ ।

भवन निर्माणमा प्राविधिक इस्टेमेट भन्दा करिव ८ लाख ८१ हजार ६५९ रुपैयाँ बढी खर्च भएपछि अनियमितता भएको खुल्न आएको हो ।

भवन प्राविधिक इस्टेमेट भन्दा बढी खर्च भएपछी स्थानीयले अख्तियारमा मुद्दा हालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्ज बाँकेले विद्यालयलाई एक पत्र पठाएर जवाफ समेत मागेको थियो ।

अख्तियारको पत्रको जवाफ दिदै विद्यालयकी नवनियुक्त प्रधानाध्यापक राधा चौधरीले प्राविधिक इस्टेमेट भन्दा बढी खर्च भएको रकम विद्यालयबाट भुक्तानी नदिने भन्दै जवाफ पठाएकी छन् ।

भवन निर्माणको भएको अनियमितताका बारेमा  विद्यालयकी प्रअ राधा चौधरीले भनिन्– ‘ म यहीँ बैशाख ६ गते विद्यालयमा आएकी हुँ भने ११ गते नियुक्ति पाएकी हुँ । म आउँदा भवन सम्पन्न भइसकेको थियो । उतिबेला प्रअ रुद्र बहादुर डाँगी हुनुहुन्थ्यो । विद्यालयमा जिरो ब्यालेन्स थियो , इस्टेमेट अनुसारको भुक्तानीपनि दिन सकिएको छैन । इस्टेमेट भन्दा बढी खर्च भएपछी केही व्यक्तिले अख्तियारमा मुद्दा हालेका रहेछन् । अख्तियारले पनि इस्टेमेट भन्दा बढी भुक्तानी गर्न मिल्दैन भनेको छ । अख्तियारले विद्यालयलाई विवरण मागेको थियो मैले त्यसको जवाफ दिएकी छुँ । यसमा म संलग्न छैन , इस्टेमेट अनुसार खर्च गर्नुपर्छ । अनियमितता भएकै हो भनेर अख्तियारले भनिसक्दा मैले होइन भन्न मिल्दैन ।’

विद्यालयकी प्रधानाध्यापक चौधरीले भवन निर्माणमा अनियमितता भएको बताएकी छन् ।

पशुपति माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे पक्की भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाको प्राविधिक इस्टेमेट अनुसार ४३ लाख ६८ हजार १७३ रुपैयाँ इस्टेमेट गरिएकोमा भवन निर्माणको जम्मा खर्च ५२ लाख ४९ हजार ८३३ रुपैयाँ भएको हो ।

इस्टेमेट अनुसारको रकमपनि विद्यालयले भुक्तानी दिएको छैन । विद्यालयले जम्मा ३५ लाख २९ हजार ५७७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ भने इस्टेमेट भन्दा बढी ८ लाख ३८ हजार ५९६ रुपैयाँ बराबरको पैसा भुक्तानी नदिने अख्तियारलाई बुझाएको जवाफी पत्रमा उल्लेख छ ।

उक्त भवन निर्माण समितिमा  भोजराज केसी रहेको बुझिएको छ ।

Facebook Comments