दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
आज बिहान करिब ५ बजे बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
बस अनियन्त्रित हुँदा दुर्घटना भएको र घाइतेहरुको उद्दार गरेर अस्पताल लगिएको उहाँले बताउनुभयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।