घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको मतगणना सुरु भएको छ । निर्वाचनको मतगणना राति ९ बजेदेखि सुरु हुने भनिएतापनि करिब १ घण्टापछि सुरु भएको छ ।
आज शनिबार सम्पन्न भएको निर्वाचनमा २ हजार ३ सय ५७ मत खसेको छ । संघमा ३ हजार ३ सय ५८ जना मतदाताहरु रहेका छन् ।
नेतृत्व चयन गर्नका लागि २ प्यानबीच प्रतिस्पर्धा रहेका रहने छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको उवासंको बहुउदेशीय सभा हलमा बिहान ८: ४० बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो ।
निर्वाचन स्थलमा मतदानका लागि ६ वटा वुथ राखिएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचन मार्फत २० जना निर्वाचित हुने छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।