• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान जीप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १७ घाइते




सल्यान । सल्यानमा मेलाबाट यात्रु बोकेर फर्कदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छ्न् । जिल्लाको छ्त्रेश्वरी गाउँपालिका – ५ लेखपोखराको गरिपारे सुवाकोटी मेला मानेर शारदा नगरपालिका १२ कागखोला फर्कदै गरेको लु.१ ज.१८६१ नं. को सफारी जिप तिर्थपोले स्थित भित्रि कच्चि सडक खण्डमा बेलुका दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

जीप दुर्घटनामा शारदा–१२ तिमिलेकी ७६ वर्षीया धुर्बी बाेहरा र शारदा–१५ बरलाकी ४५ वर्षीया मुना सेजवालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । सख्त घाइते भएका सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

त्यस्तै घाइते हुनेहरुमा जिप चालक सल्यान सारदा नगरपालिका – १ चैबाङज्युलाका २१ बर्षीय रबिन बुढाथोकी, शारदा नगरपालिका – १२ कागखोलाका ५० बर्षीय कालि बहादुर बुढाथोकी, शारदा नगरपालिका – १२ कै   ५० बर्षीय कल्पना योगि, सोही ठाउँकि ७५ बर्षीय पम्फा नेपाली रहेका छ्न ।

त्यस्तै सल्यानकै छत्रेश्वरी गाउँपालिका – ५ कि २४ बर्षीय निर्मला बस्नेत, शारदा नगरपालिका–  १२ कि १२ बर्षीय लक्ष्मी खड्का, शारदा नगरपालिका – १३ कि  २४ बर्षीय निरु कुवर, शारदा नगरपालिका – १२ कि ४७ बर्षीय कमला बुढाथोकी, १३ बर्षीय खिमा ओली, ३५ बर्षीय हिमा ओली, २५ बर्षीय टिका बोहरा, १४ बर्षीय बिमला बुढाथोकी, प्रकाश बुढाथोकी र शारदा नगरपालिका – १३ कि ७५ बर्षीय जिउनी बोहरा, शारदा नगरपालिका – १५ कि ५७ बर्षीय पेशला भण्डारी, शारदा नगरपालिका १२ कि ७२ बर्षीय जानकी बोहरा र शारदा नगरपालिका १३ कि २८ बर्षीय रिता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते मध्ये पेशला भण्डारीको उपचारकोलागि प्रादेशिक अस्पताल कालागाउ सुर्खेत पठाइएको र अन्य १६ जनाको जिल्ला अस्पताल सल्यान लगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । जिप सडक देखि करिब ६० मिटर तल खसेको थियो । दुर्घटना के कति कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

Facebook Comments