सल्यान । सल्यानको गरिपारे मेलाबाट यात्रुहरु लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा १५ जना भन्दा बढी यात्रु घाईते भएका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ गरिपारेमा शुक्रबार लागेको स्थानीय मेलाबाट यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखालतर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जीव दुर्घटना भएको हो ।
जीप बुलेका पौने ५ बजेतिर छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्चि सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । जिपमा सवार चालक सहितका यात्रुहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि श्रीनगर तर्फ पठाइएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।