• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
“जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” राप्तीमा तीब्र




देउखुरी । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने “जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” अन्तर्गत राप्ती गाउँ कमिटीले अभियानलाई तिव्रता दिएको छ।

यसै क्रममा आज शुक्रबार पार्टीले पालिकाको वडा नम्बर २ को बाउन्ने पाटामा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

जनभेटघाट कार्यक्रममा बोल्दै गाउँपार्टीका सचिव बसन्त नेपालीले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको जनस्तर सम्म प्रचार हुन नसक्दा स्थानीय कार्यकर्ता र जनताहरुमा निराशा पैदा भएको बताउनुभयो ।त्यस्तै उहाँले सरकारले गरेका राम्रा कामहरुको सबैले खुलेर प्रचार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

गाउँ पार्टीका कोषाध्यक्ष जगत बहादुर थापाले पछिल्लो चरण पार्टीका नेताहरु गाउँमा नजादा पार्टी कम्जोर भएको बताउदै पार्टीले थालेको अभियान तीन महिना मात्रै सिमित नभइ निरन्तर चलाई रहनु पर्ने अवश्यता रहेको बताउनुभयो ।

कार्यक्रममा बाउन्ने पाटा र त्यस आसपासका अन्य गाउँहरुका १ सय ५० बढी जनताहरुको सहभागता रहेको थियो । ढिलै भएपनि पार्टीले यस किसिमको कार्यक्रम ल्याएको भन्दै स्थानीयहरु उत्साहित भएका थिए।

पार्टीले अभियानका क्रममा जनताहरुको घरघरमै गई जनगुनासो सुन्नुका साथै पार्टीलाई थप सुदृढ गर्दै लैजाने बताएको छ।

गत भदौ १६ गतेदेखि सञ्चालित अभियानका क्रममा राप्ती गाउँपालिका पार्टी कमिटीले प्रत्येक वडाहरुमा निरन्तर विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।

Facebook Comments