• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घरेलु मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने रुन्टीगढीको निर्णय




होलेरी । रुन्टीगढी गाउँपालिकाले घरेलु मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरको छ । बिहीबार बसेको कार्यपालिका बैठकले खुल्ला रुपमा बिक्री हुँदै आएको घरेलु मदिरा यही असोज २० गतेदेखि लागू हुने गरी रुन्टीगढी गाउँपालिका भरी पूर्ण रुपमा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए ।

उनले भने,“ हिजो बिहीबार बसेको कार्यपालिका बैठकले खुल्लारुपमा बिक्री हुँदै आएको घरेलु मदिरा यही आश्विन २० गते देखि लागु हुने गरि रुन्टीगढी गाउँपालिका भरी पूर्णरुपमा बेचबिखन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ”

अध्यक्ष पुनले गाउँपालिकाभित्र घरेलु मदिराको प्रयोग अत्यधिक देखिएको भन्दै शान्ति अमनचयन कायम गर्न र हिंसात्मक गतिविधि हुन नदिन घरेलु मदिरा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने,“ यसलाई व्यवस्थापन गर्ने उठेको छ तर हाम्रो क्षमताले भ्याउँदैन । प्रदेश सरकारले कुनै नियम कानुन बनायो भने यसलाई व्यवस्थापन गर्न सकिएला तर अहिलेलाई प्रतिबन्ध नै लगाउने निर्णय गरेका छौँ ।”

उनले उद्योगबाट उत्पादित मदिरालाई पनि व्यवस्थापन गर्ने प्रयास गरिरहेको जानकारी दिए । उनले भने,“ उद्योगमा उत्पादित मदिराको प्रसंग पनि छ । यसलाई कसरी व्यवस्थापन गर्ने हामी सोंच्दै छौँ । निश्चित समय ताकेर बिक्रीवितरण गर्ने कि भन्ने सोचिरहेका छौँ ।”

पछिल्लो समय स्थानीय रुपमा उत्पादन भएको मदिरालाई व्यवस्थापन र ब्राण्डिङ गर्ने विषय उठिरहेका बेला रुन्टीगढी गाउँपालिकाले भने प्रतिबन्ध लगाएको छ । अध्यक्ष पुनले प्रदेशले यसबारे नियम कानुन र कार्यविधि बनाए आफूहरु व्यवस्थापन गर्न तयार रहेको बताए ।

Facebook Comments