• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेस क्षेत्र नम्बर २(क)द्वारा विभिन्न शाखाको जिम्मेवारी प्रदान




घोराही। नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) ले विभिन्न शाखाको जिम्मेवारी तोकेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ६ बचेनीमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क)का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले जिम्मेवारी तोकेको हो ।

नेपाली कांग्रेसको बिधान अनुसार संगठन शाखा, समन्वय शाखा, अभिलेख शाखा, लेखा शाखा, प्रचारप्रसार शाखा, प्रशिक्षण शाखाको जिम्मेवारी तोकेको हो ।

जसअनुसार संगठन शाखा संयोजकमा पुरुषाेत्तम शर्मा,समन्वय शाखा संयोजकमा पूर्णबहादुर मल्ल,अभिलेख शाखा संयोजकमा सपना मजगैया अधिकारी,लेखा शाखा संयोजकमा बिन्दु दाहाल, प्रचारप्रसार शाखा संयोजकमा देवा जिसी र प्रशिक्षण शाखा संयोजकको जिम्मेवारी सरस्वता गौतमलाई दिइएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क)का सचीव माया पोख्रेलले जानकारी दिनुभयो ।

Facebook Comments