• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा तीन सय बढी मोतिविन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया




तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिकामा असोज ९ गतेदेखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी मोतिया विन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा अस्पताल काठमाडौंको शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा उक्त शिविर सञ्चालन भएको थियो ।

गत भदौ महिनाको २३ गतेदेखि असोज ७ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा,प्युठानको सरुमारानी ,बाँकेको राप्ती सोनारी गाउँपालिकाका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका विभिन्न २३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट छनोट भएका ३ सय १७ जना मोतिया विन्दु भएका आँखाका बिरामीहरुको शिविरमा शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिनु भएको छ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका डाक्टर
श्याम व्यास नेतृत्वको पाँच जना डाक्टरहरुको टोलीले बिरामीहरुको आँखाको अप्रेसन गरेको हो।

आँखा केन्द्र सिसहनियाँले गत वर्षको चैत्र महिनामा पनि ३ सय १४ जना मोतिया विन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेको इन्चार्ज बिसीले बताउनुभयो ।

यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखाका बिरामीहरुलाई घर आगनमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताउनु भएको छ।

त्यस्तै उहाँले निःशुल्क शिविरले जनतामा स्थानीय सरकार रहेको प्रत्याभूति समेत गराएको बताउनुभयो । पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले आँखा शिविरले नागरिकहरुको पैसा र समय दुबैको बचत भएको बताउनुभयो ।

Facebook Comments