• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिम दाङमा बन्ने पुल निर्माणको प्रक्रिया अघि बढ्यो, पातेटाकुरामा स्वाइल टेष्ट




दाङ । पश्चिम दाङ जोड्न सडक खण्डबीचमा बजेट परेका पुल निर्माण कार्यको प्रक्रिया अघि बढेको छ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु बर्ष २०८०/०८१ कालागि पश्चिमका बिभिन्न ९ वटा खोलामा पुल निर्माणकालागि बजेट बिनियोजन गरेका छन् । सोही अन्तर्गत गहतेखोला-हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोलामा ‘स्वाइल टेष्ट’ गर्ने काम भइरहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय दाङले उक्त खोलामा स्वाइल टेष्ट गरेको हो । एकातर्फको स्वाइल टेष्ट गर्ने काम भइसकेको र बाँकी अर्को तर्फको पनि स्वाइल टेष्ट गर्ने काम अघि बढेको छ । स्वाइल टेष्ट गर्ने जिम्मा पाएको अग्नी बोरिङ स्वायल टेष्टका प्रतिनिधि कमल दाहालका अनुसार अबको दुई दिनमा उक्त खोलामा स्वाइल टेष्ट भइसक्छ । त्यसपछि बबई गाउँपालिकामा पर्ने ट्वाङखोलामा स्वाइल टेष्ट हुने उनले बताए ।
यी दुबै खोलामा सर्वे पनि भइसकेका छ । पश्चिम दाङका बिभिन्न खोलामा ९ वटा पुलकालागि बजेट परेको छ । अन्य खोलामा पानीको वहाव कम हुने वित्तिकै सर्वे हुने इञ्जिनियर शुसिल अधिकारीले बताए । उनका अनुसार दशै तिहारको समयमा अन्य खोलामा पनि सर्वे र स्वाइल टेष्ट हुन्छ ।‘ अर्थ मन्त्रीज्यूले जति सक्यो छिटो काम अघि बढाउने भन्नु भएको छ’, इन्जिनियर अधिकारीले भने‘सोही अनुसार हामीले काम गरिरहेका छौं ।’

मन्त्री मास्कीले रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।

यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

Facebook Comments