घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व लिनका लागि चुनावी मैदानमा होमिएको साझा समावेशी प्यानललाई व्यवसायीहरुको साथ निकै राम्रो मिलेको छ ।
व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, सुशासन, बिकास अनि पारदर्शितालाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएको प्यानलले व्यापारीहरुसँगको भेटघाटलाई तिव्र बनाएको छ ।
साझा समावेशी प्यानलका उमेद्वारहरुको चुनावी प्रचार प्रसारलाई नत घामले, छेक्छ नत पानीले । साझा समावेशी प्यानलले चुनावी भेटघाट बढाउदै जादा हरेक व्यवसायीहरुले आफ्ना उमेद्वारलाई मत दिनेमा विश्वस्त रहेको छ ।
साझा समावेशी प्यानलबाट अध्यक्ष पदका उमेद्वार बन्नुभएका रामप्रसाद पोख्रेलले भन्नुभयो,-‘हाम्रो प्यानलका कुनैपनि उमेद्वारहरु व्यक्तिगत स्वार्थलाई त्यागेर व्यवसायिक हितका लागि काम गर्ने योजनाका साथ चुनावी मैदानमा होएिका छौ ।
अर्को कुरा हाम्रो प्यानलको नाम जस्तै हामी साचिकै साझा र समावेशी बनेर चुनावमा होमिएका छौँ । हाम्रो प्यानलमा कपडा सिलाउने व्यवसायी, मासु व्यवसायी, मोबाईल व्यवासायी, सुनचादी व्यवसायी, किराना पसल जस्ता साना तथा ठुला सबै खाले व्यवसायीहरुलाई समेटेर प्यानल बनाएका छौँ । जसले गर्दा हामीलाई सबै व्यवसायीहरुको साथ छ । हामीले व्यवसायीहरुको साथले गर्दा जित्नेमा ढुक्क छौँ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।