• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघर्षबाट सफल युवा व्यवसायी बनेका ‘विकास’




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले सुरु गरेको झोले पोके व्यवसायीहरुलाई नियन्त्रणमा लिने र सरकारलाई कर तिरेरमात्र व्यवसाय सञ्चलान गर्ने अभियानका एक सशक्त युवा हुन् विकाश वली ।

२०७७ मा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनबाट कार्यसमिति सदस्य बनेका विकाश वली भन्सार छलि गरेर ल्याएका सामानहरुको विक्री गर्ने झोले पोके व्यापारीहरुलाई नियन्त्रणमा लिएर सरकारी मापदण्डमा ल्याउने अभियानमा क्रियाशीलताका साथ लागेका वली असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उमेद्वार बनेका छन् ।

कार्यसमिति सदस्य हुदा व्यवसायिका सामस्याहरुलाई संगसंगै समाधान गर्नमा अग्रणी भूमिका निर्वाह गरेका वली घोराहीका पुराना युवा व्यवसायीमध्य एक हुन् । विगत १५ बर्षदेखी घोराही क्षेत्रमा किराना पसल देखि उधोगसम्म सञ्चालन चालन अनुभव संगालेका विकास दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमितिमा हुँदा होस् वा नहुँदा होस् जहिले पनि व्यवसायिक हकहितकालागी लागिपरेका छन् ।

वि।स २०६५ मा उच्च शिक्षाकालागी रुकुमबाट दाङ झरेका उनी दाङमै व्यवसायिक क्षेत्रमा स्थापीत भएका छन् । सेल्स सर्भिस सेवा सहित फुटकर हुँदै होलसेल व्यवसाय संन्चालन गरेर व्यवसायिक अनुभव संगालेका विकासले ६ वर्ष किरानाको होलसेल र डिलर सञ्चालन गरेका वलीले विगत ५ वर्षदेखी हिमालय फुड प्रोडक्स नामको उधोग सञ्चालन गरिरहेका छन् ।

उद्योगमा हाल प्रत्यक्ष रुपमा १३ जनाले रोजगारी पाएका छन् । गल्ला तथा किराना व्यवसायि समितिको जिम्मेवार पदमा रहेका काम गरेको अनुभव वलीमा छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदा व्यवसायीका समस्याहरुलाई नजिकबाट केलाएको र सोही आधारमा ती समस्या समाधानकालागी लागिपरेको हुँदा व्यवसायीहरुले आफूलाई मत दिएर बिजयी बनाउने उनमा विश्वास छ ।

विगत १५ वर्ष देखि घोराहिमा किराना पसल देखि उधोगसम्म सञ्चालनसम्मको अनुभव गरेका वली हक्की स्वभावका छन् । व्यवसायीहरुलाई परेको समस्या समाधानकालागी उनी अग्रपंक्तीमा रहेर जु्धने गर्दछन् ।

विषेशगरि कार्यसमिति सदस्यमा रहँदा गरेको कामको अनुभवको आधारमा पदाधिकारी भएर व्यवसायीको हकहतकालागी काम गर्ने अपेक्षाकासाथ सचिव पदको उमेद्वार भएको उनको भनाई छ ।

यसका साथै भन्सारबाट चोरी निकासी भएर आउने सामान र झोलेपोके व्यापारी नियन्त्रणलाई थप कडाईका साथ लागु गर्नकलागी आफू उमेद्वार रहेको वलीले बताए ।

‘कार्यसमिति हुँदा धेरै काम गरे, सकेजति काम गरियो अब पदाधिकारी भएर बाँकी काम पुरा गर्नकालागी सचिवको उम्मेद्वार भएको छु, सांगठनिक कामका साथै संस्थागत विकास र व्यवसायीहरुको दुखसुखमा थप साथ दिनकालागी म उम्मेद्वार बनेको हुँ’ वलीले भने– ‘मलाई आशा छ सम्पूर्ण मतदाता उद्योगी व्यवसायीहरुले मत दिएर बिजयी बनाउनुहुनेछ ।’

Facebook Comments