बासुदेव आचार्य
दाङ । तुलसीपुर– २ बालापुर दाङमा अवस्थित जनप्रिय इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर क्यानसर पीडितलाई आर्थिक सहयोग गरेका छन्।
दंगीशरण गाउँपालिका–५ सलौरा निबासी विजया चौधरीको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले १ दिनको खाजा खर्च कटाएर उनीहरुले सहयोग गरेका हुन्।
जनप्रिय बाल क्लबका अध्यक्ष अनन्त गिरीको संयोजनमा संकलन गरिएको रू ८३९० रुपैयाँ बाल क्लबमा आबद्ध विद्यार्थी र विद्यालयका प्राचार्यद्वारा क्यान्सर पीडित विजया चौधरीका छोरा सागर चौधरीलाई हस्तान्तरण गरिएको थियो।
रुपैयाँ हातमा लिँदै गर्दा छोरा सागर चौधरीले सहयोगका लागि बाल क्लब पदाधिकारी र स्कुल परिवारलाई धन्यवाद दिँदै यो रकमले आमाको उपचारमा थप प्रेरणा मिलेको कुरा राखेका थिए ।
हालसम्म उपचारमा धेरै रकम खर्च भइसकेको र घरको आर्थिक अवस्था कमजोर भएकाले अरु सहयोगी मनहरुलाई पनि सहयोगका लागि छोरा सागर चौधरीले अपिल गरेका छन्।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।