• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यवसायहरुको पक्षमा काम गर्न : मेरो उम्मेदवारी




यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्ला क्रियाशील राजनीतिक दलका व्यवसायी संघ/संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत वाणिज्य सदस्य पदमा उम्मेदवारी दिएका शेरबहादुर पुनसँग सिस्ने अनलाइनकर्मी भ्यूमान पुनले गरेको संक्षिप्त कुराकानी ।

१. स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद, सिस्ने अनलाइन परिवारलाई ।

२. तपाईको उम्मेदवारी कुन पद र किन ?
– मैले दाङ जिल्ला उद्योग वाणिज्य संघको वाणिज्य सदस्य पदमा उम्मेदवारी दिएको छु । व्यवसायहरुको पक्षमा काम गर्न ध्ययका साथ मेरो उम्मेदवारी हो ।

३. चुनाव प्रचारप्रसारको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
– अहिले हाम्रो साझा समावेशी व्यवसायीक प्यानल चुनाव प्रसारप्रसार समितिले सञ्चालन गरेको घरदैलो मतदाता भेटघाट कार्यक्रममा छौं ।

४. तपाईको चुनाव जित्ने आधार के छन् ?
– म विगत १८ वर्षदेखि निरन्तर रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छु । समाज सेवादेखि लिएर अहिले हाल दाङ देउखुरी होटेल व्यवसायी समितिको सचिवालय सदस्य पदमा रहेर कार्य सम्पादन गरिरहेको छु । साथै अहिले विभिन्न संघ/संस्थाहरुमा आवद्ध रहेरै उद्योगी तथा व्यवसायहरुको पक्षमा काम गर्दै आइरहेको हुँदा मेरा यी अनुभवका आधारमा मलाई आम व्यसायी मतदाताहरुले चुनाव विजयी गराउनु हुनेछ भन्ने विश्वस लिएको छु ।

५. यदि तपाईले चुनव जित्नुभयो भने संस्था र व्यवसायीहरुको पक्षमा के–कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
– हामीले चुनाव जितेको खण्डमा सबैभन्दा पहिले उद्योगी तथा व्यवसायहरुको सामान्य समस्याहरुलाई निराकरण गर्दै व्यवसायीहरुको हक र अधिकार प्राप्तिका लागि काम गर्नेछौं । बजारमा प्रायः जसो दर्ता विना सञ्चालनमा आएका व्यवसायहरुलाई दर्ता प्रक्रियामा लिएर व्यवस्थित गर्ने र संस्था, उद्यगी तथा व्यवसायीहरुको प्रवद्र्धनका लागि अल्पकालिन तथा दीर्घकालिन योजना बनाएर काम गर्नेछौं ।

६. अन्त्यमा केही भन्नुछ ?
– अन्त्यमा पुनः सिस्ने अनलाइनलाई धन्यवाद व्यक्त गर्दै साझा समावेशी व्यवसायी प्यानलको अध्यक्ष रामप्रसाद पोख्रेलको नेतृत्वमा म लगायत सम्पूर्ण टिमहरु विजयी बनाउन आम उद्योगी, व्यवसायी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।

Facebook Comments