• ८ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते




दाङ । दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

घाइतेमध्य ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गँगादेबी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा नम्बर ६ बर्दिया निवासी बर्ष ३७ को तिलक सुनार, बिरेन्द्र नगर नगरपालिका वडा नम्बर ४ सुर्खेत बस्ने बर्ष १९ को पवन खड्का, सोही नगरपालिका वडा नम्बर १४ बस्ने बर्ष ३० का सुनाईल थापा गम्भीर घाईते भएका छन ।

काठमाण्डौबाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका ९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । चालक फरार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बसमा करिब ३५ जना सवार रहेको अनुमान गरिएको छ । अन्य यात्रु सकुशल रहेको प्रहरीले बताएको छ । घाईतेहरुको उद्वार गरि हस्पिटल पठाईएको छ ।

Facebook Comments