• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघमा महिलाको प्रतिनिधित्व बढाउन : मेरो उम्मेदवारी




यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्ला क्रियाशील राजनीतिक दलका व्यवसायी संघ/संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत महिला सदस्य पदमा उम्मेदवारी दिएका देवकला बस्नेतसँग सिस्ने अनलाइनकर्मी भ्यूमान पुनले गरेको संक्षिप्त कुराकानी ।
१. स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद, सिस्ने अनलाइन परिवारलाई ।

२. तपाईको उम्मेदवारी कुन पद र किन ?
– मेरो उम्मेदवारी चाहिँ महिला सदस्य पदमा हो । दाङ जिल्ला उद्योग वाणिज्य संघले अहिलेसम्म एउटा मात्र महिला सदस्य पद छुट्याएको हुँदा संघमा महिलाको सहभागिता एकदमै न्यून रहेकोले संघमा सदस्यदेखि पदाधिकारीसम्मको नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व बढाउन मैले पुनः महिला सदस्य पदमा उम्मेदवारी दिएकी छु । साथै महिला व्यवसायीहरुको अप्ठेरा र पीडालाई सम्बोधन गर्ने अभिप्रायका साथ अगाडि बढ्नेछु ।

३. चुनाव प्रचारप्रसारको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
– हामीले खगेन्द्र नवजीवन केन्द्र (अपांग संघ) झिंगौरामा रहेका अपांग व्यक्तिहरुको लागि केही खाद्यान्न सामग्री सहयोगकासाथै केही नगद रकम दान गरी औपचारिक रुपले चुनाव प्रचारप्रसार अभियानलाई अगाडि बढाएका छौं । साथै बजारभित्र रहेको व्यवसायीहरुसँग भेटघाट गर्दै उहाँहरुका गुनासा टिपोट गरी चुनावमा हामी विजयी भएको खण्डमा सबैभन्दा पहिला ती समस्याहरु निराकरण गर्ने प्रतिवद्धता व्यक्त जनाउदै चुनाव प्रचारप्रसारको अभियानलाई निरन्तरता दिएका छौं ।

४. तपाईको चुनाव जित्ने आधार के छन् ?
– विगत लामो समयदेखि म लोक दोहोरी क्षेत्रमा थिए र त्यही क्षेत्रले नै मलाई देवकला बस्नेत भनेर चिनायो । छोटो सयममा दोहोरी साँझमा काम गर्ने क्रममा दोहोरी गीतलाई पनि व्यवसायीक रुपमा अगाडि बढाउन सकिने रहेछ भन्ने अनुभूति दिलायो । त्यही दोहोरी गीतलाई संस्थागत नेतृत्व र व्यवसायीकरण गर्दै दोहोरी गीत प्रतिष्ठान दाङ जिल्लाको नेतृत्वमा रही दुई कार्यकालसम्म कार्य सम्पादन गरेकी छु । यसरी दोहोरी गीत प्रतिष्ठानको नेतृत्वबाट सुरुभएको मेरो जीवन यात्रा होटेल व्यवसायी समितिको सदस्य र साँस्कृतिक सचिव हँदै दाङ जिल्ला उद्योग वाणिज्य संघको महिला सदस्य पदसम्म पुगे । त्यसैले मेरो व्यवसायी र संस्थागत रुपमा धेरै व्यक्तित्वहरु जोडिनुभएको हुँदा मेरो कार्यशैली, लगनशीलता र मेहनतको आधारमा सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुले यो चुनावमा मलाई निस्वार्थ भावले विजयी बनाउनु हुनेछ भन्ने अपेक्षा लिएकी छु ।

५. यदि तपाईले चुनव जित्नुभयो भने संस्था र व्यवसायीहरुको पक्षमा कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
– यदि म लगायत हाम्रो टिमले चुनाव जित्यो भने सबैभन्दा पहिले औद्योगित क्षेत्रको काम अगाडि बढाउनेछौं । जसले गर्दा व्यवसयी छोडेर विदेश पलायन हुने व्यवसायहरुलाई रोकीे स्वदेशमै रोजगारीको सिर्जना हुन्छ । कृषिमा नयाँ नीति ल्याएर आम कृषकहरुको उत्पादित वस्तुहरुलाई बजारीकरण गर्नको लागि उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । दाङ जिल्लामा उत्पादन भएका बस्तुहरुलाई सहज निर्यात गर्न व्यवस्था मलाइनेछ । साथै आम उद्योगी तथा व्यसायीहरुको व्यवसाय प्रवद्र्धनको लागि दीर्घकालिन एजेण्डाहरु बनाएर अगाडि बढ्ने योजना रहेका छ ।

६. अन्त्यमा केही भन्नुछ ?
– दाङ जिल्ला उद्योग वाणिज्य संघमा जोडिनु भएका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुले मलाई चिनेर होइनकी मेरो कार्यशैली र संस्थाप्रतिको योगदानलाई मूल्यांकन गर्दै यही असोज १३ गते हुने निर्वाचनमा मलाई अत्याधिक बहुमतले विजयी गराइ फेरि पनि हजुरहरुको माझमा सेवा गर्ने अवसर दिनुहुने छ भन्ने आशा र पूर्ण विश्वस लिएकी छु, धन्यवाद ।

Facebook Comments