• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो




नबिन पिएम
सल्यान । सल्यानको कपुरकोटमा जिप दुर्घटना २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छ्न।

जिल्लाको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकेर जाँदै गरेको रा १ च. १०२५ नं. को जिप आज सोमबार बिहान करिब ६ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक तुलसीपुर-१८ का २६ वर्षिय भक्त बहादुर घर्ती र गाडी धनि ५० वर्षका गणेश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाका अनुसार दुर्घटनामा १ जना गम्भीर घाईते भएकाछ्न घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका -२ बस्ने वर्ष ३५ का नारायण योगी रहेका छ्न । उनको उपचार राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

 

Facebook Comments