• ८ श्रावण २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यवसायीहरुको हक र अधिकारका लागि : मेरो उम्मेदवारी




यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्लामा क्रियाशील राजनीतिक दलका व्यवसायीक संघ/संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका यादवबहादुर श्रेष्ठसँग सिस्ने अनलाइनकर्मी भ्यूमान पुनले गरेको संक्षिप्त कुराकानी ।

१. स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद, सिस्ने अनलाइन परिवारलाई ।

२. तपाईको उम्मेदवारी कुन पद र किन ?
– मेरो उम्मेदवारी चाहिँ सह– कोषाध्यक्ष पदमा हो । संस्थामा भएका आयव्ययहरुको अभिलेख चुस्तदुरुस्त राख्ने र संस्थाको वार्षिक साधारण सभामा संस्थाको आयव्यको विवरण संस्थाका पदाधिकारी लगायत सम्पूर्ण व्यवसायी ज्यूहरुलाई पारदर्शी ढंगले उपलब्ध गराउने उद्देश्यका साथ मैले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकोछु । साथै व्यवसायीहरुको हकमा वार्षिक नवीकरण, कर, करदाता प्रशिक्षण, फर्मदर्ता लगयतका विषयमा प्रत्यक्ष सूचना प्रवाह गरी सुसूचित गराउनेछु ।

३. चुनाव प्रचारप्रसारको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
– हामीले खगेन्द्र नवजीवन केन्द्र (अपांग संघ) झिंगौरामा रहेका अपांग व्यक्तिहरुको लागि केही खाद्यान्न सामग्री सहयोग गरी औपचारिक रुपले चुनाव प्रचारप्रसार अभियानलाई अगाडि बढाएका छौं । प्रचारप्रसारको क्रममा हामीले सानादेखि ठूला उद्योगी एवं साना तथा ठूला व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी उहाँहरुको व्यवसायीमा देखापरेका विभिन्न समस्याहरुका बारेमा टिपोट गरी हामी विजयी भएको अवस्थमा ती समस्याहरुलाई समाधानका निमित्त स्थानीय निकाय लगायत सरोकारवाला निकाय समक्ष पहल गर्ने प्रतिवद्धतासहित व्यवसायीहरुसँग यस पटकलाई नेतृत्व प्रदान गर्नका निमित्त सम्पूर्ण व्यवसायी ज्यूहरुलाई अपिल गरेका छौं ।

४. तपाईको चुनाव जित्ने आधार के छन् ?
– सर्बप्रथम म आफैपनि लामो समयदेखि व्यवसाय गर्दै आइरहेकोले व्यवसाय गरिरहेको अवस्थमा वर्तमान स्थितिमा व्यवसायीहरु चरमबद्ध रुपमा धराशायी भइरहेको अवस्था छ । यो विषम परिस्थितिमा व्यवसायीहरु कसरी स्थापित हुने भन्ने अहिलेको सबैभन्दा ठूलो प्रश्न हो । र, व्यवसायीहरुलाई सरकारले विभिन्न तहबाट जीवित राख्नका लागि अर्थतन्त्रमा सुधार ल्याउनुपर्छ भन्ने व्यक्ति म भएकोले सम्पूर्ण व्यवसायीहरुले मलाई मतदान गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । साथै विगत लामो समयदेखि सामाजिकस्तरमा देखापर्ने र आइपर्ने विभिन्न प्रकारका विषयवस्तु र स्थितिमा हातेमालो गर्दै समाजसेवामा पनि समर्पित भएकोले अधिकतम व्यवसायी ज्यूहरुले मेरो व्यक्तिगत छवी र चित्रलाई पनि नजिकदेखि मूल्यांकन गरी मलाई विजयी बनाउनको निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ भन्ने कुरामा आशा लिएको छु । तसर्थ सबै तह तप्काका समाजसेवी, अग्रज व्यक्तित्व र अग्रज व्यवसायी सम्पूर्ण राजनीतिक दल लगायत वौद्धिक समूहसँग पनि मेरो उत्तिकै निकट सम्बन्ध र सद्भाव रहेकोले यो चुनावमा मैले विजयी प्राप्त गर्ने सम्भावन र आशा बोकेको छु ।

५. यदि तपाईले चुनव जित्नुभयो भने संस्था र व्यवसायीहरुको पक्षमा कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
– चुनावमा हाम्रो साझा समावेशी व्यवसायी प्यालनको तर्फबाट म एक्लैले विजयी प्राप्त गर्दैमा हामीले गरेको परिकल्पना, योजना र संकल्पलाई पूर्णता दिन सम्भव नहोला । तसर्थ म सम्पूर्ण मतदाता व्यवसायी ज्यूहरुलाई हाम्रो यो साझा समावेशी व्यवसायी प्यानलका पदाधिकारी लगायत सम्पूर्ण सदस्य ज्यूहरुलाई पनि विजयी बनाउन अपिल गर्दछु ।
विजयी प्राप्त भइसकेपछिका मेरा योजनाहरु निम्न रहेका छन् ः
१. करदातालाई अनलाइनमार्फत कर तिर्ने व्यवस्था मिलाउने पहल गरिने
२ . अनलाइनमार्फत व्यवसायीहरुको फर्म नवीकरण प्रणाली लागूगर्न पहल गरिने
३. साप्ताहित हाट बजार सञ्चालन गर्नका लागि पहल गरिने
४. पसलको सुरक्षाको लागि बजारका विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडानका लागि पहल गरिने
५. दाङ घोराहीमा रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था, खेलकुद र घोराहीलाई अन्य जिल्लासँग जोड्ने सडकले घोराहीको व्यवसायको गतिलाई अझै बल पु¥याउने भएकाले यहाँस्थित शैक्षिक संस्था, स्वास्थ्य संस्था, खेलकुद तथा सडक सञ्जाललाई चुस्तदुरुस्त र प्रभावकारी बनाइ घोराहीको व्यापार क्षेत्रमा आमूल परिवर्तन ल्याउनका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक पहललाई प्राथमिकतामा राख्ने छु ।

६. अन्त्यमा केही भन्नुछ ?
– सर्वप्रथम मलाई यहाँ निमन्त्रणा गरेर चुनावसम्बन्धीको मेरा कुराहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा सिस्ने अनलाइनका सम्पूर्ण टिमलाई पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै पुनः एक पटक सम्पूर्ण व्यवसायी ज्यूहरुले हाम्रो साझा समावेशी व्यवसायीक प्यानललाई अत्याधिक मतका साथ विजयी बनाउनका निमित्त हार्दिक अपिल गर्दछु, धन्यवाद ।

Facebook Comments