घोराही ।नागरिक समाज दाङले राप्तीद्वारका रुपमा पहिचान बनाएको दाङको कोईलाबास व्यापारिक नाकाबाट नेपाल–भारत पारवहन सुचारु गर्न माग गरेको छ ।
समाजका जिल्ला संयोजक केबी मसालको अध्यक्षतामा आईतबार बसेको बैठकले लमही–कोईलाबास सडक कालोपत्रे भई सहज रुपमा सवारी आवागमन भईसकेको अवस्थामा पारवहनका रुपमा नाका सुचार गर्ने गरी कुटनीतिक तहबाट पहल गर्न नेपाल सरकारसँग माग गरेको छ ।
यसैगरी, जिल्लामा पछिल्लो समय आपराधिक र हिंसात्मक गतिविधि दिनानुदिन बढ्दै गएको प्रति नागरिक समाजले सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
बलात्कार, क्रुरहत्या, मारकाट, लुटपाट, दुव्र्यसन जस्ता अमानवीय घटनाहरुले समाज भयभीत हुँदै गएको हुँदा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा सम्वेदनशील भई प्रभावकारी सुरक्षा कायम गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बडादशैं, तिहार, छठलगायत नेपालीहरुको महान् चाडपर्व आउँदै गरेको अवस्थामा बजारमा दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि आकाशिँदै गएकाले जिल्ला अनुगमन समितिबाट स्थलगत अनुगमन प्रभावकारी बनाउन समाजले आग्रह गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।