• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघर्षबाट उदायका भिमसेन




भ्यूमान पुन
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावको चहलपहल निकै बढेको छ । यतिबेला उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गर्दै व्यवसायीहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । यही असोज १३ गते सम्पन्न हुने दाङ उवासंघको निर्वाचमा होमिएका भिमसेन डाँगीले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

झट्टहेर्दा सालिन र भद्र स्वभावमा देखिने भिमसेन आमा गंगादेवी डाँगीको कोटबाट पहिलो सन्तानको रुपमा जन्मिएका हुन् । वि.सं.२०४८ सालमा रोल्पाको सखीमा उनको जन्म भएको थियो । एउटा गरिब परिवारमा जन्मिएका उनीे बाल्यकालदेखि नै कसरी पैसा आर्जन गर्न सकिन्छ भन्ने सोख राख्थे ।

उनी घरबाट दैनिक ३ घण्टा हिडेर विद्यालयमा अध्ययन गर्न जान्थे र कक्षा १–३ सम्म खरपाटी मै पढ्न विवश भए । त्यो समयमा कयौं दिनहरुमा एक छाक खाना खाएर काम गर्नुपर्ने भएतापनि उनले ती अप्ठारा दिनहरुलाई सहजै पार गरे । त्यतिबेला घरमा आर्थिक अवस्था कम्जोर भएको हुँदा उनले पैसा कमाउने र मुनाफा कसरी आर्जन गर्ने भन्ने ध्ययका साथ विस्तारै संघर्षका बाटाहरु पछ्याउन थाले । र, संघर्षले नै हरेक मानिसलाई सफल बनाउँछ भनेर कहलिलो उमेरमै काम गर्न सुरु गरे ।

उनी १२ वर्षको उमेरदेखि नै खोटोको बाकस बोक्ने काममा जोडिए, भने खोटोकोप्रति बाकस वापत उनले २५ रुपैंया प्राप्त गर्थे । खोटोको सिजनभरि खोटोको बाकस बाक्ने उनको दैनिक काम जस्तो भएको थियो । त्यत्तिकैमा उनी २०६२ सालमा दाङको घोराहीमा आए । र, पढाइलाई पनि निरन्तरता दिँदै एसएलसी पास गरे । एसएलसी दिँदासम्म उनले कामलाई ठूलो सानो नभनी घोराहीमा खानेपानीका नालाहरु खन्नेसम्मका काम गरे । काम भन्ने उनका लागि पढाइसँगै दैनिकी बनेको थियो ।

एसएलसीपछि उनले पद्मोदयमा प्लटुको पढाइ सुरु गरे । पढाइसँगै उनले घोराहीमा रहेको विष्णु मोबाइल पसल पहिलो जागिरको सुरुवात गरेका थिए । र, उनको मासिक तीन हजार तलब थियो । पढाइसँगै जागिर सुरु गरेका उनललाई सजिलो भने थिएन् । बिहानको पढाइ भएको हुँदा पढाइपछि काम, कामपछि पढाइ यस्तै–यस्तै उनको दैनिकी बनेको थियो । जागिरसँगै विस्तारै उनले अब आफू मोबाइल फिल्डमै जम्ने निधो गरे ।

उनले वि.सं. २०७२ सालमा १ लाख रुपैंयाँको लगानीमा एउटा मोबाइल पसल सुरु गरेका थिए । अब जागिर भन्दापनि आफ्नै सानो व्यवसाय सञ्चालन गरेर सफल व्यवासायी बन्ने सोचसहित व्यवसाय सञ्चालन गरेको उनले बताए । ‘व्यवसाय सुरु गरेको ९/१० वर्षमै करिब १ करोडको लगानी पुगेको छ,’ उनले भने ‘ हिजो कसैबाट सामान सापट लिए भने आज कसैलाई सामान सापट दिने भएको छु । यो मेरो मेहनत र संघर्षको सफलता हो ।’
आफू सानै उमेरमा व्यवसायहरुसँग प्रत्यक्ष जोडिएको हुँदा साविक राप्ती अञ्चलमा रहेका डिलर तथा व्यवसायहरुको सामान्य समस्या हल गर्न मेरो उम्मेदवारी हो, उनी भन्छन् – ‘व्यवसयाहरुले मलाई चुनाव भोट दिएर विजय बनाए म व्यवसायका हक र अधिकारका लागि काम गर्नेछु ।’

दुःख र संघर्ष उनका प्रेरणाको स्रोत बनेर होला । साहेद उनी आज एक उत्कृष्ट र सफल व्यवसायीको रुपमा लोकप्रिय बनेका छन् । संघर्ष र मेहनतले नै उनलाई आज सफलता मात्र बनाएनन्, थप निष्ठावान र जिम्मेवारी बनाएको छ । उनको त्यो संघर्षले आम युवाहरु प्रोत्साहन समेत थप्नेछ ।

नेपाल उद्योग व्यवसायी महासंघ घोराही नगरको अध्यक्ष तथा मोबाइ तथा इलेक्ट्रोनिक व्यवसाय समिति लुम्बिनी प्रदेशका सदस्यमा उनी आवद्ध रहेका छन् ।

 

Facebook Comments