• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
व्यावसायीको घरदैलो अभियानमा संयुक्त प्यानल




दाङ । आसन्न दाङ जिल्ला उद्योग बाणिज्य संघको हुन लागेको निर्वाचनमा वसन्त जोशीको नेतृत्वमा रहेको संयुक्त व्यावसायिक प्यानलका उम्मेदवारहरू चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् ।

उम्मेदवारले व्यावसायी भेटघाट तथा घरदैलो गर्दै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

आईतवार बिहानैदेखि उम्मेदवारहरूले घोराही बजारका व्यावसायीहरू घरदैलोमा पुगे संयुक्त व्यावसायी प्यानललाई मतदान गरि बिजयी बनाउन अपिल गर्दै आफ्नो घोषणा पत्र समेत मतदाता समक्ष वितरण गर्दै चुनावी प्रचारमा लागेको छन् ।

सुरक्षित व्यापार , वर्तमानमा सम्मान, भविष्यमा सम्मान , संयुक्त व्यवसायिक प्यानललाइ विवेक पुर्ण मतदान भन्ने मुल नारा सहित संयुक्त व्यवसायी प्यानलले घरदैलोका क्रममा आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन्। उनीहरुले व्यापारीमा समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन्।

Facebook Comments