• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेल प्रशिक्षक र खेलाडीहरुलाई सम्मान




घोराही । घोराही उपमहानगरपालिकाले खेल प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गरेको छ ।

उपमहानगरको नगर खेलकुद विकास समितिले भारत्तोलनका प्रशिक्षक सन्तोष चौधरी, तेक्वान्दोका जगबहादुर नेपाली, दिपक केसी, विरुभाई बज्राचार्य र कराँतेका धनप्रसाद घर्तीलाई सम्मान गरिएको हो ।

उहाँहरुलाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेय, निमित्त प्रमुख प्रशासकिय अधिकृत बासुदेव आचार्य, नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले टिका र खादा लगाएर सम्मान गर्नुभएको हो ।

त्यसैगरी, एघारौ कोरियन एम्बास्डर ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसिपमा सहभागि भई विभिन्न पदकहरु विजेता घोराही १४ का अल्फा तेक्वान डोजाङका खेलाडीहरुलाई पनि बधाई ज्ञापन गर्दै सम्मान गर्नुभएको हो । साथै प्रथम महिला तथा पुरुष युथ एवं जुनियर बक्सीङ प्रतियोगितामा सहभागि भई विभिन्न मेडल र पदक विजेता घोराही १४ का अल्फा बक्सिङ स्पोट सेन्टरका खेलाडीहरुलाई सम्मान गरिएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्न नगर प्रमुख नरुलाल चौधरीले खेलाडीहरुको क्षमता र दक्षता विकासका लागि सिप, तालिम तथा पूर्वाधार विकासमा लगानी बढाउदै लैजाने बताउनुभयो । नगर भित्र हुदै आएका र खेलिदै आएका जुनसुकै खेलहरुको विकासका लागि समिति गठन गरेर चलायमान बनाएको बताउनुभयो ।

Facebook Comments