• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली क्रिकेट समर्थक समाज दाङको नयाँ कार्यसमिति चयन,  संयोजकमा पुन: कार्की




घोराही । नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति दाङको दोस्रो  बार्षिक साधारण सभा एबं प्रथम अधिबेशन  सम्पन्न भएको छ ।

उक्त अधिबेशनले पुन: अबिन कार्कीको संयोजकमा नयाँ समिति चयन गरेको छ जसको सह-संयोजकमा पुरन सोति मगर, सचिबमा गुरु बिक र कोषाध्यमा  धन बहादुर पुन रहेका छन् ।

सदस्यहरुमा हिमाल महरा, राजेश वली , मधुसूदन गिरी, दिपक शर्मा , सन्तोष डिसी,हेमराज शर्मा रहेको छन् ।

शनिवार घोराहीमा नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति दाङको सम्योजक अबिन कार्कीको अध्यक्षतामा तथा सह संयोजक पुरन सोति मगरको शुभकामना मन्तव्यमा उक्त कार्यक्रम भयको थियो ।

मन्तव्यमा हिमाल महराले दाङलाई सक्रिय भएर लाग्न शुभकामना दिँदै आवश्यक सहयोग समन्वय गर्न तयार रहेको बताउनु भयो । त्यस्तै राजेश वलीले विगतदेखि अहिलेसम्मलाई स्मरण गर्दै तुलनात्मक रूपमा निकै उपलब्धि रहेको भन्दै अझै धेरै काम गर्न बाकी रहेको र ती कामलाइ निरन्तरता दिने बताउनुभयो ।

उक्त अधिबेशनमा बार्षिक प्रतिबेदन पेस र भावी योजनाको बारेमा छलफल तथा विभिन्न निर्णय गरी सम्पन्न भएको थियो ।

Facebook Comments