• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
इटहरीबाट १५ लाख नक्कली नोटसहित दुईजना पक्राउ




सुनसरी प्रहरीले १५ लाख नक्कली नोटसहित इटहरीबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो । प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिएकोे जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए ।

पत्रकार सम्मेलनमा प्रहरीले नक्कली नोटको जालो ठूलो हुनसक्ने भन्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपीन रेग्मीले चाड नजिकिएसँगै नक्कली नोटको कारोबार हुनसक्ने आशंका बमोजिम निगरानी र जाँच बढाइएको बताए ।

यसैबिच, पत्रकार सम्मेलनमा प्रहरीले धरान ३ मा रहेको सुनचाँदी पसलबाट २५ लाख मूल्य बराबरको गरगहना लुट्ने पर्सा वीरगञ्जका महमद बसिर मिया र भारत घर भई चितवनको भरतपुर बस्ने रितु साहलाई पक्राउ गरिएको जनाएको छ ।

Facebook Comments