• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डेका स्वास्थ्य चौकीहरुमा आँखा शिविर सञ्चालन हुने




सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गाउँ घरका स्वास्थ्य चौकीहरुमा गएर आँखा चेकजाँच गर्ने भएको छ ।

७ वटा स्वास्थ्य चौकीहरुमा गएर आँखा चेकजाँच गरिने र चेकजाँचपछि मोतिया विन्दु तथा शल्यक्रिया गर्न पर्नेको लागि नगरपालिकाको केन्द्र सल्लीबजारमा अप्रेसन गरिने देवस्थल उप शाखा सभापति पुष्कर विसीले जानकारी दिनुभएको छ ।

उहाँले भनुभयो – बनगाड कुपिण्डे नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वय एवम् सुर्खेत आँखा अस्पताल तेजकोहिल एण्ड फाउन्डेसन काठमाडौको आर्थिक तथा प्राविधिक सहयोगमा तपशिलको मिति, समय र स्थानहरुमा सेवा लिन सबैमा अनुरोध गरिएको छ।

वडा नम्बर २ र ३ सहित ४ का नागरिकलाई लक्षित गर्दै वडा नम्बर ३ को बामे स्वास्थ्य चौकी औलबेशीबाट असोज ९ गते, देखि अँखा चेकजाँच सुरु हुने र बाझकोट स्वास्थ्य चौकी च्युरा १० गते, घाजरीपिपल स्वास्थ्य चौकी मैदुपोखरी ११ गते, आधारभूत स्वास्थ्य चौकी बाबियाचौर १२ गते, स्वास्थ्य चौकी निगाल्चुला १३ गते, शहरी स्वास्थ्य चौकी ढोरपिपल १४ गते, स्वास्थ्य चौकी देवस्थल १५ गते र मोतिया बिन्दु शल्यक्रियाको लागि १६ र १७ गते नगरपालिकाको नयाँ भवनमा अप्रेसन हुने मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । उहाले भन्नू भयो विगतमा सबै सल्लीबजारमा आएर आँखा चेकजाँच गर्नुहुन्थ्यो अहिले त्यसलाई परिमार्जन गरेर स्वास्थ्य चौकीहरुमा शिविर सन्चालन हुन लागेको जानकारी दिनुभयो ।

विभिन्न वडाका बिकट गाउँ टाढाबाट आउने जाने समस्या हुने यातायातको समस्या हुने वृद्ध वृदाहरुलाई झनै समस्या हुने भएकोले आफुले चुनाबमा गरेको बाचा अनुसार गाउँ–गाउँमा गएर सेवा दिने बताउनु भएको छ । यसरी पहिलो पटक आँखा शिविर गाउगाउमा गएको समेत उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष नगरपालिकाको आर्थिक सहयोगमा ६० जनालाई सुर्खेतमा लिएर उपचार समेत गरेको र सबैले यस्तो कार्यमा सहयोग गर्न समेत मेयर बुढाथोकीले आग्रह गर्नुभयो ।

Facebook Comments