• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य कार्यालय दाङमा दुई करोड बढी रकम फ्रिज, अढाई करोड बेरुजु




घोराही । स्वास्थ्य कार्यालय दाङमा गत वर्षको अख्तियारी बजेटबाट दुई करोड बढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य कार्यालय दाङलाई अख्तियारी भएको पाँच करोड ६९ लाख ५५ हजार रुपैयाँमा दुई करोड छ लाख १९ हजार नौ सय रुपैयाँ फ्रिज भएको छ ।

५७ लाख पूँजीगत बजेटमा १४ लाख ८० हजार एक सय रुपैयाँ फ्रिज भएको छ भने पाँच करोड १२ लाख २५ हजार चालु बजेटमा एक करोड ९१ लाख ३९ हजार आठ सय रुपैयाँ फ्रिज भएको हो । स्वास्थ्य कार्यालय दाङको सातवटा कार्यक्रममा सबै कार्यक्रमतर्फ बजेट फ्रिज भएको छ । दुई करोड १७ लाख ५१ हजार बजेट रहेको परिवार कल्याण कार्यक्रमको आधा पनि बजेट खर्च भएन ।

अख्तियारी बजेटको एक करोड ३३ लाख ६२ हजार आठ सय रुपैयाँ फ्रिज भएको छ । १० लाख ६५ हजार बजेट रहेको स्वास्थ्य व्यवस्थापन कार्यक्रमको तीन लाख ६७ हजार फ्रिज भएको छ ।

स्वास्थ्य कार्यालय दाङमा क्षयरोग निवारण कार्यक्रमका लागि २२ लाख १९ हजार बजेट आएकोमा छ लाख चार हजार ५१० रुपैयाँ, महामारी रोग नियन्त्रण कार्यक्रममा आएको २८ लाख ३१ हजारमा पाँच लाख ९७ हजार तीन सय रुपैयाँ, उपचारात्मक कार्यक्रमको १३ लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा छ लाख ३१ हजार नौ सय रुपैयाँ फ्रिज भएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कँवरले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार एकीकृत स्वास्थ्य कार्यक्रमको ७५ लाख २३ हजार बजेटमा २२ लाख ८७ हजार छ सय रुपैया, कुष्ठरोग कार्यक्रमको दुई लाख ६५ हजारमा पनि २९ हजार आठ सय रुपैया फ्रिज भएको छ ।

उता स्वास्थ्य कार्यालयमा बजेट फ्रिजसँगै झण्डै अढाई करोड बेरुजु थुप्रिएको छ । स्वास्थ्य कार्यालय दाङमा आर्थिक वर्ष २०७९/०८० सम्म दुई करोड ५५ लाख ७७ हजार आठ सय ७३ रुपैयाँ बेरुजु छ । स्वास्थ्य कार्यालय दाङमा असुलउपर गर्नुपर्ने बेरुजु १९ लाख ६९ हजार सात सय २८ रुपैयाँ ५३ पैसा छ भने नियमित गर्नुपर्ने तर्फ दुई करोड ३६ लाख आठ हजार एक सय ४५ रुपैयाँ छ ।

Facebook Comments