काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका छन् ।
उनलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।

प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
