• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बेलायती राजदुत फेन र स्वास्थ्यमन्त्री  खनालबीच शिष्टाचार भेटवार्ता




देउखुरी । लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालकालागी बेलायती राजदुत रोब फेन (Rob Fenn) बिच स्वास्थ्यमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेष गरि प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले सुरक्षीत मातृत्व,नवजात शिशु स्वास्थ्य, पोषणको अबस्था लगायतको सुधारका लागी प्रदेश सरकारले काम गरिरहेपनि अपेक्षित सुधार हुन नसकेको बताउनुभयो । परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्यपनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको मन्त्री खनालले बताउनुभयो । प्रदेशभित्रकाअस्पतालको पूर्वाधार विकास र उपचारमाआबश्यक पर्ने उपकरण सहोगका बारेमा उहाँहरु बिच छलफल भएको छ ।

मन्त्री खनालले बेलायतले नेपालमा गरिरहेको सहयोगका लागी धन्यवाद दिदै भेटले दुई पक्षिय सम्बन्धलाई अझ प्रगाड पार्ने विश्वास व्यक्तगर्नुभयो । भेटका क्रममा बेलायती राजदुत रोब फेनले प्रदेश सरकारको शुसाशन र शासकीय प्रणाली, स्वास्थ्य सेवा लगायतका बारेमा चासो राख्नु भएको थियो ।

राजदुत फेनले नेपालको पुर्वाधार र मानविय विकासका लागी बेलायत सरकारको सहयोग रहदै आएको स्मरण गर्दै प्रदेश र स्थानिय सरकारलाई आबश्क परेको बेला सहयोग गर्न सधै तयार रहेको बताउनुभयो । राजदुत फेनले नेपालको स्वास्थ्य सेवासँगै प्रदेश भित्रको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आबश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो ।

भेटमा स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्यनिर्देशक डा. बिनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतीको बारेमा जानकारी दिनुभएको थियो । त्यस क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षक मलापती चौधरी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments