• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु




काठमाडौं । चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

सटौलाले भन्नुभयो, “बाटो तथा यातायात सम्बन्धका समस्या छन् । चाडपर्वमा नागरिक घर जान पाउँछन्, टीका लाउन पाउँछन् । टिकट खुलाउने विषयमा प्रारम्भिक छलफल भर्खर सुरु भएको छ ।”

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको भनाइ राख्नुभयो ।

उहाँले टिकट खुलाउनेसँगै यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने, सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

Facebook Comments