• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधानको दिवसको झल्को दिन गुरुकुलको नमूना सांसद बैठक




दाङ । दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यालयले बिद्यार्थीलाई राजनीतिक कुरा बुझाउन, देशको बर्तमान राजनीतिक अबस्था र अब आउँदा दिनमा कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन नमूना सांसद बैठकको आयोजना गरी संविधान दिवस मनाएको छ । बुधबार घोराहीको सभा हलमा केहि नेता अनि सांसद सभामुख अनि प्रधानमन्त्रीको भूमिका रहेका ब्यक्तिहरु उपस्थित भएका थिए ।

कार्यक्रममा सभामुखले मन्त्री तथा सांसदलाई बोल्ने समय निर्धारण गर्दैहुनुहुन्थ्यो । देख्दा साँचिकै सघीय संसद भवनमा भैरहेको बैठक जस्तो । तर, यो बास्तविक संसद बैठक नभएर एउटा बिद्यालयले आफ्ना बिद्यार्थीहरुलाई राजनीतिक बैठक तथा मन्त्रिहरुले देश चलाउन कसरी काम गर्छन भन्ने अनुभव गराउन र सिकाउनको लागि आयोजना गरीएको नाटकिय नमुना सांसद बैठकको कार्यक्रम थियो । बुधबार आठौ संबिधान दिवसको अवसरमा दाङको घोराहीमा रहेको आइएसओ सर्टिफाइड बिद्यालयले ब्यबहारीक ज्ञान प्रदान गर्न यो कार्याक्रम गरेको थियो ।

नमुना सांसद बैठकमा मिभिन्न मन्त्रिहरुले आफ्ना योजना प्रस्तुत गरेको थिए । कार्यक्रममा उपस्थित सत्तापक्ष तथा प्रतिपक्ष नेताहरुलाई सभामुखले बोल्ने समय उपलब्ध गराउदै गर्दा सांसदले प्रश्न राख्छन र अन्य उपस्थितले टेवल बजाएर साथ दिन्छन । नाटकिय संसद बैठकको आयोजनाले गर्दा बिद्यार्थीहरुmले बास्तबिक राजनीतिको बारेमा अनुभव गर्न पाएका छन् भने संविधान आएपछि देशको कानुन र बिभिन्न महत्वपुर्ण कुराहरुको जानकारी लिने मौका पाएका छन् ।

नमुना सांसद बैठकमा वर्तमान घटना क्रमलाई देखाइएको थियो भने दोस्रो चरणमा देशमा कस्तो अवस्था हुनुपर्छ भन्ने देखाइएको थियो । यो नाटकिय सांसदले राम्रो शन्देस दिएको संस्कृतविद गोविन्द आचार्यले बताउनुभयो । सांसद बैठकलाई युवा नेतृक्त्व आजको आबश्यकता , भ्रष्टाचारको बिरोध र प्रबिधिमैत्री शिक्षा आजको आबश्यकता भन्ने मुल नाराको साथ सम्पन्न गरीएको थियो । नाटकिय संसाद बैठकमा कक्षा ८,९,१०,११ र १२ का बिद्यार्थीहरु सहभागि भएका थिए । हिजो बिशेष दिन संबिधान दिवसको अवसरमा बालबालिकाहरुलाई प्रतिनिधि सभा भनेको केहो यो कसरी संचालन गरिन्छ भन्ने कुरा सिकाउने मुख्य लक्ष्य राखेर उक्त कार्यक्रम गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभएको छ ।

बिद्यालयमा आयोजित उक्त कार्यक्रमले बिद्यार्थिहरुलाई कसरी राजनिति गर्ने राजनिति भनेको केहो प्रदेश सभा तथा प्रतिनिधि सभा भनेको केहो भन्ने कुरा बझेका ब्यबहारीक रुपमा बुझेका छन । नाटकिय संसदको पहिलो सदनमा सभामुखकको भुमिकामा सुप्रिया थापा र प्रधानमन्त्रिमा उत्सव पोख्रेल रहनुभएको थियो । बिद्यालयका अध्यक्ष ईनिजनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रधानाध्यापक डा।कृष्णराज डिसिले गर्नुभएको थियो भने कार्यक्रमको संयोजकमा आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद प्रसाद पोख्रेल रहनुभएको थियो ।

Facebook Comments